महोत्तरीमा नक्कली नोटसहित दुई जना पक्राउ

दिप खबर
माघ ५, २०७८

महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–६ का २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका–१ बस्ने २३ वर्षीय असरफ मोहम्मद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बा२१च ६७६१ नम्बरको कारलाई शङ्काको आधारमा चेकजाँच गर्दा गाडीको पछाडिको डिकीभित्र रहेको कालो ब्यागभित्र बाहिरी पट्टी नेपाली १००० दरको नोट र पछाडि पट्टी नेपाली १००० को नोट, एक हजार नोटको साइजको कटिङ गरेको ५ बन्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात ठुलो मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP