भारतमा एकै दिन २ लाख ८२ हजारमा कोरोना सङ्क्रमण, ४४१ जनको मृत्यु

दिप खबर
माघ ५, २०७८

भारतमा स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८२ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सोमबार र मङ्गलवार भने सङ्क्रमण दर कम देखिएको  थियो । यस्तै पछिल्लो २४ घण्टामा थप १ लाख ८८ हजार १५७ जना कोरोनामुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थप ४४१ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख ८७ हजार २०२ पुगेको छ ।

भारतमा पाँच राज्यमा सबैभन्दा बढी कोरोना सङ्क्रमण देखिएको छ । कर्नाटकमा ४१ हजार ४५७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै महाराष्ट्रमा ३९ हजार २०७, केरलामा २८ हजार ४८१,तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतमा कोरोनासँगै नयाँ भेरियन्ट पनि तीव्र रूपमा फैलिरहेको छ । हालसम्म ओमिक्रोनबाट ८ हजार ९६१ जनामा सङ्क्रमण देखिएको भारतीय मिडियाले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP