लगातार सुनको मूल्य बढ्दै

दिप खबर
माघ ५, २०७८

आज बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो मङ्गलवार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो मङ्गलवारको तुलनामा आज बुधवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मङ्गलवार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर आज प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP