धनुषामा प्रहरी टोलीमाथि लुटेरा समूहको आक्रमण

दिप खबर
माघ ५, २०७८

धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी वसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको उपचार जारी छ । गए राति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरूले आक्रमण गरेका थिए । प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP