कोशी गाउँपालिका ५ का अस्गर अलि १३ वर्ष सम्म उनको ४ विघा जमिनमा वार्षिक ४ सय विघा धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको श्रोत नै धानबाली थियो । परिवारलाई वर्ष भरि पुग्ने धान राखेर उनी अरु बिक्रि गर्थे । तर २०६५ साल भदौ २ गते कोशी नदिले बाधँ फुटाएर जब खेती योग्य जमिनमा पस्यो तब उनको सबै सपना उडाईदियो ।
हिजो सम्म घर खर्च चलाउन समस्या नहुने उनलाई कसरी घर कसरी चलाउने भन्ने चिन्ता थियो । १३ वर्ष सम्म आफ्नो जग्गामा बालुवा बाहेक केही नदेखेका अस्गर अहिले भने त्यहि बालुवा उनको आम्दानीको गतिलो श्रोत बनेको छ ।
२ वर्ष अघि भारतको राजास्थान भ्रमण गरेर उनले बालुवामा कागति खेती सुरु गरेका उनले अहिले २ विघामा सुन कागती लगाएका छन् । गाउँपालिकाले विरुवा, पानी तान्ने मोटरपप्प सहयोग गरेपछि उनी कागती खेतीमा लागेका छन् । डेढ वर्षको अबधिमा उनले वालुवामा कागती फलाएर १ लाख ५० हजार आम्दानी समेत गरिसकेका छन् । हिजो धान फल्ने खेतमा वालुवा हुदाँ मनमा तनाव हुने अस्गर अहिले भने त्यहि वालुवामा आम्दानीको गतिलो सपना देख्न थालेका छन् । सुरुमा २ बिघाबाट थालेको कागती खेती उनले ४ बिघामा लगाएका छन् ।
अस्गर जस्तै सोही ठाउँका साहबुद्धिन हाक पनि कागती खेतीमा लागेका छन् । १० वर्ष विदेश बसेर आएका उनी अहिले २ विघा क्षेत्रफलमा कागती खेती गरेका छन् । उत्पादन र विरुवा राम्रो भएपछि आफ्नो ४ विघामा जग्गामा कागती खेती समेत लगाउने तयारीमा छन् ।
सुरु देखि नै विरुवा राम्रो भएपछि उनी कागती खेतीलाई अझ बढाउने तयारीमा छन् । नदिले बगर बनाएको खेतीलाई १३ वर्ष बाझोँ देखेर बिरक्तिएका हाक अहिले भने विदेशमा भन्दा राम्रो कमाई हुने आसमा लागि परेका छन् । उनी भन्छन् ‘अहिले मलाई विदेशमा भन्दा धेरै कमाई हुन्छ जस्तो लागेको छ । विदेशमा बिहान ८ बजेदेखि राति १० बजेसम्म काम गर्नु पथ्र्यो । मनमा चिन्ता उस्तै हुने, अहिले आनन्द छ । घरको खाएर आफ्नै बारीमा मेहनत गर्न पाउनु भाग्यको कुरा हो। म खुसी छु ।’
कोशी गाउँपालालिकाको तथा प्रधानमन्त्री कृषि आधुनिकिकरणले उक्त कागती खेतीका लागि कृषकलाई विरुवा खरिद गर्न, घेराबारा, विषदी तथा मोटर पम्प समेत सहयोग गरेको छ । कोशी गाउँपालिका अध्यक्ष सहितको टोलीले भारतको राजास्थान भ्रमण गरेर आएदेखि उनै अध्यक्ष ऐयुब अन्सारीले किसानलाई प्रोत्साहन गर्दे वालुवामा कागती खेती गरे गाउँपालिकाले सहयोग गर्ने बताएका थिए । उनकै विश्वासका कारण धेरै किसानले वालुवामा पैसाको सपना देख्न थालेका हुन् ।
सुख्खा मरुभुमिमा कागती खेती फस्टाएपछि गाउँपालिकाले ड्रागन खेती गर्ने समेत योजना रहेको कृषि शाखा प्रमुख सुनिलकुमार शाहले बताए । उनले वालुवामा लगानी गरेर धेरै किसानले आर्थिक स्तर उकास्न थालेको उदाहरण दिदैं गर्छु म सक्छु भन्ने कृषकलाई गाउँपालिकाले समेत सहयोग गर्ने बताए । दुई वर्ष अघि सम्म अस्गर र साहबद्धिनले मात्रै खेती गर्दै आएका थिए । २ विघाबाट सुरु भएको खेती अहिले सोही ठाउँका ५ जना कृषकले २२ विघामा लगाएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP