कोरोना सङ्क्रमणका कारण अबको दुई हप्ता नेपालका लागि कठिन हुने सरकारले जनाएको छ । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले दुई हप्तासम्म कोरोना सङ्क्रमण बढ्दै जाने बताए । उनका अनुसार नेपालमा अझै २ हप्ता सङ्क्रमण बढ्ने र उच्च विन्दुमा पुग्दा दैनिक २० हजार सङ्क्रमण पुष्टि हुने मन्त्रालयको आकलन रहेको उनले बताएका छन् ।
सङ्क्रमण उच्च बिन्दुमा पुग्दा १० हजार सङ्क्रमित लक्षण सहितका हुने, तीमध्ये करिब १ हजार जनालाई आइसियुको आवश्यकता पर्ने, ३०० जना गम्भीर बिरामी हुने र साथै १३ हजार जनालाई बेडको आवश्यकता पर्ने उनले जानकारी दिए ।
अहिले नेपालमा फैलिएको सङ्क्रमण ओमिक्रोन नै भएको डा. पौडेलको दाबी रहेको छ । ओमिक्रोन भेरिएन्टका बिरामीहरू समुदायमा परीक्षण नभए पनि धेरै सङ्क्रमित रहेको उनले बताए । दुई हप्तापछि भने सङ्क्रमण ओरालो लाग्ने मन्त्रालयको अनुमान रहेको उनले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP