नेपाल आलय निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । ‘सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आलय निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’
पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक (जनावरी १६ तारिख ) मा निगमलाई भारतीय आलय कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य पछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ । हालसम्मको तेल खरिदको भुक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थीरकरण कोषमा पटाइने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई तिरिएको सह प्रवक्ता पुस्कार कार्कीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP