कैलालीमा एक शिक्षकको पुलमा सेल्फी खिच्ने क्रममा मृत्यु

माघ ४, २०७८

कैलालीमा एक शिक्षकको पुलमा सेल्फी खिच्ने क्रममा मृत्यु भएको छ । जिर्ण भइसकेको काठको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको प्रहरीले जनाएको छ । ३९ वर्षीय शिक्षक भाटको पुलबाट खसेर टाउको र शरीरमा चोट लागेको थियो । उपचारको क्रममा मृत्यु भएको भाटको परिवारले भने हत्या भएको दाबी गरेको छ ।

उक्त पुलमा बेलुका ५ बजेपछि जान कडाई गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भाटको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP