सत्ता गठबन्धनका दलहरू वैशाखमै निर्वाचन गर्न सहमत

दिप खबर
माघ ४, २०७८

सत्ता गठबन्धनका दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् । स्थानीय तह निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बसेको बैठकमा गठबन्धनका पाँचै दल समयमै निर्वाचन गर्न सहमत भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । निर्वाचन आयोगले वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ ।

मल्लका अनुसार थप छलफल र निर्णयका लागि माघ ६ गते गठबन्धन समन्वय समितिको बैठक पुनः बस्नेछ । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई कसरी सुनिश्चित गर्ने र समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भएको बताएका छन् ।  

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP