जनतामा त्रास; सङ्क्रमणसँगै व्यवसाय, रोजगारीमा के होला ?

दिप खबर
माघ ४, २०७८

विगत केही समय देखी नेपालमा कोरोनाको सङ्क्रमण(ओम्रीकोन भेरीअन्ट) दर बढ्दो रहेको छ । बढ्दो सङ्क्रमणदर का कारण सरकारले विद्यालय, सिनेमाहल, भिडभाड हुने ठाउँ, रात्रिकालीन व्यवसायलाई माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । यसै क्रममा निजी संस्थामा वा कुनै निजी साना व्यवसायमा काम गर्दै आएका नागरिकमा सरकारले फेरी लकडाउन गर्ने हो कि, रोजगार गुम्ने हो कि भनेर त्रास सिर्जना हुन थालेको छ ।

इटहरी-४ मा बस्ने सुमन कपडा पसलमा काम गर्छन् । उनमा पनि रोजगार गुम्ने हो कि, अनि जीविकोपार्जन कसरी गर्ने दुख व्यक्त गर्छन् । त्यस्तै साना तथा मझौला व्यवसायी पनि आत्तिन थालिसकेका छन् । इटहरी-५ की सुशीला भन्छिन्, “पहिला मेरो होटेलमा दीनमा ५० जना सम्म मानीसह्ररु खाना खान आउने गर्थे तर अहिले १०, १२ जना पनि हुँदैन, अब पुरै लकडाउन भयो भने के गर्ने” अन्योलमा परेको बत्ताउँछिन् ।

सरकारको माघ १५ सम्मको बन्ध निर्णय भए लगतै आफ्नो व्यवसायमा पहिलाको तुलनामा कम चल्न थालेको साना व्यवसायीहरू बताउँछन्  । ?उनीहरुमा “फेरी सरकारको निर्णय के हुने हो ?” तनाव सिर्जना हुन थालेको व्यवसायीहरू बताउँछन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP