कोसी अस्पतालमा थप ८ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमितको पुष्टि

दिप खबर
माघ ४, २०७८

विराटनगर को कोसी अस्पतालमा सङ्क्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या थपिँदै गएको छ । हिजोको पीसीआर रिपोर्टमा ४ चिकित्सक सहित थप ८ स्वास्थ्यकर्मीका कोरोना सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी मञ्जु यादवले बताएकी छन् । यसअघि अस्पतालका ३ चिकित्सकसहित २७ मा सङ्क्रमणको पुष्टि भइसकेको छ । उक्त अस्पतालमा १ सय ५ चिकित्सक, १ सय ४१ नर्सिङ स्टाफ र ६० प्राविधिकसहित ५ सय १६ कर्मचारी कार्यरत छन् । पीसीआर प्रयोगशाला भएका, कोभिड–१९ का बिरामीको उपचारमा संलग्न र संलग्न नरहेका अन्य स्वास्थ्य संस्थामा समेत ठुलो सङ्ख्यामा स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP