बालिका बलात्कार आरोपमा नेता कोइराला विरुद्ध मुद्दा दर्ता

दिप खबर
माघ ४, २०७८

बालिका बलात्कार आरोपमा काँग्रेस प्रदेश–१ समिति सदस्य शिव कोइरालाविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले (माग ३ गते) सोमबार ५२ वर्षीय कोइरालाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको हो । कोइराला विरुद्ध बालिका बलात्कार उद्योगविरुद्ध मुद्दा दर्ता गराएर अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले बताएका छन् । शुक्रवार साँझ स्थानीय किराना पसल सञ्चालन गर्दै आएका अभिभावकलाई भेट्न पुगेकी बालिकालाई कोइरालाले शौचालयमा बलात्कार प्रयास गरेका प्रहरी र स्थानीयको भनाई रहेको छ । शनिवार घटनाबारे पीडित बालिकाले सार्वजनिक गरेपछि, स्थानीय महिलाले कोइरालालार्ई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP