नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षिया आरती भट्टराई निर्वाचित भएकी छिन् । विद्यार्थी संगठन अनेरास्वबियुमा सक्रिय भट्टराई एमाले सुनसरीको बराहक्षेत्र नगरपालिका भुगोलबाट निर्वाचित भएकी हुन् ।
उनी ९०२ मतका साथ निर्वाचित भईन् । सानै उमेर देखि राजनितिमा लागेकी भट्टराई अनेरास्वबियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेकी छिन् । हरेक समस्यालाई समाधान गर्न सक्ने क्षमता भएकी विद्यार्थी भट्टराई आफुँलाई देशभरकै जिल्ला सदस्य पदमा कान्छी भएको दाबी गरेकी छिन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP