कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई निःशुल्क उपचार साथै भत्ताको माग

दिप खबर
माघ ३, २०७८

कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई निःशुल्क औषधि उपचार जस्ता १३ बुँदे माग राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घले सरकारसँग गरेको छ । सङ्घका अध्यक्ष रामबहादुर चन्दले आज विज्ञप्ति निकालेर कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् ।

‘खोप वा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेलाई तुरुन्तै कारबाहीसङै क्षतिपूर्तिको व्यवस्था होस्,’ सङ्घले भनेको छ, ‘करारमा भएका स्वास्थ्यकर्मीहरूको म्याद थप गर्नुपर्छ।’ जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा कडाइका साथ लागू गरिनुपर्ने पनि सङ्घले सुझाव दिएको छ ।

विज्ञप्ति

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP