बारामा ९ बर्सिया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

दिप खबर
माघ ३, २०७८

बारामा ९ बर्सिया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आदर्शकोतवाल गाउँपालिका-८ का २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँ बस्ने ४० बर्सिया शान्ति देवी रहेका छन् । पुस २५ गते दिउँसोको समयमा बाख्रा चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका-७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो ।

शव फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा निज बालिकाको जबरजस्ती करणी पछि हत्या गरिएको खुलासा भएको थियो । प्रहरीले अनुसन्धान पछि घटनामा संलग्न सन्तोष साह र अपराध पुष्टि हुने प्रमाणहरू लोप गर्ने प्रयास गरेकी शान्ति देवीलाई पक्राउ गरेको हो ।

उनीहरू माथि ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP