सोलुखुम्बुमा छिमेकीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पाको हत्याको आरोपमा छिमेकी ५२ वर्षीय दानु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसार वाङदीले दाउराले कुटपिट गरी दानुको हत्या गरेका हुन । गए राति १२ बजे घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटी वाङदी शेर्पालाई नियन्त्रणमा लिइएको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP