मोरङको रतुवामाई नगरपालिका वडा नं.–९ भौडास्थित आमबाडीबाट लागु औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका वडा नं.–६ बस्ने वर्ष ३२ को श्रवण कुमार ताजपुरिया र वर्ष ३० का कार्तिक चन्द दास पक्राउ परेका हुन् ।
कार्टुनभित्र प्याक गरी लुकाएर ल्याउँदै गरेको २० हजार पिस प्रतिबन्धित ट्रामोडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित उर्लाबारी सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र.१–०२–०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार दुईजना पक्राउ परेका प्रहरी चौकी इटहराले जनाएको छ ।
आवस्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP