आज नेपाली बजारमा सुनको मूल्य बढ्यो

दिप खबर
माघ ३, २०७८

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो (माग २ गते) आइतबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य हिजो (माग २ गते) आइतबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP