कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

दिप खबर
माघ ३, २०७८

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । माग २ गते आइतबार बेलुकी लम्कीचुहा नगरपालिका ४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीय मनसरा न्यौपाने घाइते भएकी थिइन । उनको उपचारका लागी कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त मोटरसाइकल र मोटरसाइकलका चालक राजन चौधरीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP