जनमत पार्टीले कोरोना सङ्क्रमणलाई बेवास्ता गर्दै, तराईका जिल्लामा आन्दोलनको घोषणा

दिप खबर
माघ ३, २०७८

 सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम रहने घोषणा गरेको छ । तीव्र रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको तेस्रो लहरलाई बेवास्ता गर्दै जनमत पार्टीले तराईका जिल्लामा किषानहरुको लागी आन्दोलनको घोषणा गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको स्वास्थ्यका मापदण्डको उल्लङ्घन गरी सिके राउतको नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ ।

सभा समारोह लगायत भिडभाड हुने कार्यक्रममा सरकारले रोक लगाएता पनि जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारको निर्णयलाई नै चुनौती दिई रहेको छ । यद्यपि आन्दोलन गर्दा स्वास्थ्य मापदण्ड अपनाउने जनमत पार्टीको घोषणा पत्रमा उल्लेख गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP