काठमाडौँमा कैँचीले रोपेर युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

दिप खबर
माघ ३, २०७८

चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिङ्गलमा कैँचीले रोपेर युवकको हत्या गरिएको छ । माग २ गते मध्यान्ह दुई जना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको छ । हत्या गरेको आरोपमा पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेत रहेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताएका छन् ।


आरोपीहरूले कैँची र दाउराले हिर्काउँदा गम्भीर घाइते भएका रोशन रिजालको एपीएफ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र आरोपी साथी थिए, उनीहरू बिच आपसी विवाद हुँदा १५ वर्षीय किशोर अनुजले कैँचीले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP