नोबेल मेडिकल कलेज र अभिभावकबीच भएको सहमतिप्रति विद्यार्थी संगठनको आपत्ति

दिप खबर
माघ २, २०७८

अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । आइतबार अनेरास्ववियु, चिकित्सा शिक्षा संघर्ष समिति, नेपाल विद्यार्थी संघ, नेकपा (एस) निकट अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै अतिरिक्त शुल्क लिएको विरोधमा भइरहेको आन्दोलन नरोकिने बताएका हुन् । उनीहरूले केही अभिभावकले आर्थिक प्रलोभनमा परेर नोबेल मेडिकल कलेजसँग सहमति गरेको आरोप लगाएका छन् ।


’आर्थिक प्रलोभनमा परेर ४ जना बिकाउ अभिभावकले संयुक्त विद्यार्थी संगठन, चिकित्सा शिक्षा संघर्ष समिति, पीडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको अनुपस्थितिमा गरेको सहमति हामीलाई मान्य छैन’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले उक्त निर्णय सच्याउन र ऐन कानुन नमान्ने माफियालाई गिरफ्तार गरी कारबाही गर्न माग गरेका छन् । उनीहरूले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क र निर्देशन पालना गर्नु पर्नेमा एकमत रहेको पनि बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP