च्यासलका १९ जना खेलाडीमा कोरोना पुष्टि, च्यासल र पुलिसबिचको दोस्रो खेल स्थगित

दिप खबर
माघ २, २०७८

च्यासल यूथ क्लबका १९ जना खेलाडीमा कोभिड १९ सङ्क्रमण पुष्टि भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबारका लागि तय भएको दोस्रो खेल स्थगित भएको छ । ‘सबभन्दा पहिला त सङ्क्रमित खेलाडी सङ्क्रमणमुक्त हुनुपर्‍यो । त्यसपछि मात्र पुलिसले खेल्ने प्रतियोगितामा असर नगर्ने गरी दसौँ चरणको खेलअघि नै यो खेल गराइनेछ,’ लिग निर्देशक मिश्रले भने, ‘लिग एक महिनाका लागि ब्रेक भएकाले हामीलाई यो खेलको लागि मिति निकाल्न खास समस्या हुने छैन । अहिले त हामी सङ्क्रमित खेलाडी चाँडोभन्दा चाँडो सङ्क्रमण मुक्त हुन भन्ने कामना गर्न चाहन्छौँ ।’

लिग निर्देशक सञ्जीव मिश्रले च्यासलका १९ खेलाडीमा सङ्क्रमण पुष्टि भएका कारण खेल स्थगित गर्नुपरेको जानकारी गराएका छन् । मिश्रका अनुसार लिगका अन्य खेल तालिका भने यथावत् छन् । नवौँ चरणअन्तर्गत च्यासल र पुलिसबिचको खेल स्थगित भएपछि यो खेल कहिले गर्ने भन्ने विषय केही दिनमा टुङ्गो लगाउने मिश्रले जानकारी गराएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP