मकवानपुरमा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ वर्षीय तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार बिहान चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना २ क ४३१ नम्बरको खाली टिपरले सोही दिशामा रहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्यु भएको रिमालले बताए । दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१२ बस्ने ५७ वर्षीय महेन्द्र रेग्मी घाइते भएका छन् । उनको उपचार जारी रहेको रिमालले जानकारी दिएको छन् ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । ठक्कर दिने टिपर तथा चालक इलाका प्रहरी कार्यालय मनहरिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP