धादिङमा पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बिहीबार बिहान साढे ७ बजे रूबिभ्याली गाउँपालिका–१ लिङ्जोमा खसेको पहिरोमा तीन जना पुरिएका थिए । त्यसमध्ये एक जनाको शव शनिवार अपराह्न पौने ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिएका छन् । मृतक काभ्रे महाभारत गाउँपालिका–२ बस्ने १९ वर्षीय राजु तामाङ हुन् । उनी एक्स्काभेटर सहचालक थिए । लिङ्जोपुर–तिप्लिङ जाने बाटो खन्ने क्रममा एक्स्काभेटर सहित तीन जनालाई पहिरोले पुरेको थियो ।
काभ्रेका चालक २७ वर्षीय आकाश तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनीश तामाङ अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ । खोजतलासको लागि नेपाली सेनाका २० जना, सशस्त्र प्रहरीका ११ जना र नेपाल प्रहरीका ७ जना खटिएको डिएसपी भण्डारीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP