अत :नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबिच सहमति

दिप खबर
माघ २, २०७८

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबिच सहमति जुटेको अस्पताल प्रशासनले दाबी गरेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर भएको कलेजले जनाएको हो । नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले अभिभावकहरूसँग सहमति जुटेकाले विद्यार्थी आन्दोलन स्थगित भएर अब पठनपाठन सुरु हुने बताएका छन् ।  

नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको र कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको बताइएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइँदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरू तयार भएका छन् ।

सहमति पत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट प्रा.डा. रामहरि घिमिरे, सल्लाहकार डा.केपी शर्मा र प्रबन्धक नारायण प्रसाद दाहालले हस्ताक्षर गरेका छन् । यता, आन्दोलनरत विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै उनीहरूका अभिभावक वीरेन्द्र भगत, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाँल र रामकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सहमति जुटेकाले अब विगत लामो समय देखी चलेको विद्यार्थीहरुको आन्दोलन स्थगित हुने, अभिभावकहरुले जनाएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP