सरकारले आज (माघ २ गते) देखी बुस्टर डोज खोप दिँदै

दिप खबर
माघ २, २०७८

सरकारले आज आइतबार (माघ २ गते) देखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने तयारी गरेको छ । तत्काल दुई चरणमा बुस्टर डोज खोप दिने सरकारको योजना छ । जसमा पहिलो चरणमा आज देखिनै अग्र पङ्क्तिमा खटिने व्यक्तिहरूले बुस्टर डोज लगाउन पाउनेछन् । यस्तै, दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना छ । मन्त्रालयका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिइने छ । बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP