हिमालय एयरको चार्टर जहाजबाट परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको टोली १४ टन खाद्य, लत्ताकपडा औषधी लगायतका सामाग्री लिएर आइतबार बिहान काबुल प्रस्थान गरेको हो । मन्त्रालयको नेतृत्वमा टोली सहयोग सामाग्री लिएर अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खडकाले भने, नेपाल लिन मात्र हैन सङ्कट परेको बेलामा अन्य मुलुकलाई दिन पनि सक्छ।’ परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा टोली काबुल गएको हो ।
नेपाली टोलीले काबुल स्थित राष्ट्रसङ्घको कार्यालयमा नेपालबाट लगिएको सामाग्री बुझाउने र आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ । निजी क्षेत्रको योगदानमा सरकारले अफगानिस्तानमा सहयोग सामाग्री पठाएको हो । तालिबान सरकारले सत्ता कब्जा गरेसँगै मानवीय सङ्कट उत्पन्न भएको अफगानिस्तानलाई राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले सहयोग सामग्री पठाइएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP