बेलायतले नेपाली नर्स लैजान तयार भएको छ । श्रम सम्बन्ध कायम गर्ने विषयमा दुवै देश सहमत भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । काठमाडौँमा शुक्रवार बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबिच भएको वार्ताबाट नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको हो ।
यस विषयमा थप अध्ययन गरी आउँदो मार्च (फागुन–चैत) सम्ममा श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । नेपाली श्रमिक लैजाने ‘मोडालिटी’बारे भने टुङ्गो भने लागी नसकेको मन्त्रालयले जनाएको छ । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेसनल हेल्थ सर्भिसेस अन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP