नेकपा एमाले सुनसरी जिल्लाको सातौं महाधिवेशनमा युवा विद्यार्थी तर्फको निर्वाचनमा ४ जना विद्यार्थी नेता विजयी भएका छन् । ३ जना युवा विद्यार्थी तर्फ भएको निर्वाचनमा ११ जनाको उम्मेद्वारी परेको थियो ।
विर्वाचन कार्यालयको अन्तिम मत परिणाम अनुसार अनेरास्ववियु केन्द्रिय सदस्य जीवी गजलले सबैभन्दा बढी ७९५ मत ल्याएर विजयी भएका छन् । यस्तै ६११ मत ल्याई जिल्ला सदस्यमा ईश्वरबिक्रम शाही, ५७८ मत ल्याई एकराज दाहाल र विद्यार्थीको पनि महिला तर्फ अन्जु पाण्डेले ८३७ मत प्राप्त गरि विजयी भएकी छन् ।
निर्वाचनमा पराजित भएका यवा विद्याथी अर्जुन बिस्टले ४९२ मत प्राप्त गरे । यस्तै माङ्लेन लिम्बु (अर्जुन) ले ४४७ मत, बिनोद राईले ४३३ मत , प्रलाद बस्नेतले ३८१ मत ल्याएका छन् । सौरभ सन्जेलले ३७५ मत,मनिस कुमार यादवले ३०९ मत, बिजय बस्नेतले २८३ मत र गौरव राणाले १८४ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै महिला विद्यार्थी तर्फ पराजित उम्मेद्वार मोनालिशा श्रेष्ठले ६४२ मत प्राप्त गरेकी छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP