एमाले जिल्ला सदस्यमा इटहरी भुगोलबाट विजयी हुने यि हुन् १० जना, कसको कति मत ?

दिप खबर
माघ १, २०७८

नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको निर्वाचनको मतगणनामा इटहरी भुगोलको गणना सकिएको छ ।

इनरुवास्थित पार्टी कार्यलयमा शुक्रबार साँझ सकिएको सदस्यहरुतर्फ इटहरी भुगोलको मतगणना सकिएको हो ।

इटहरी भुगोलतर्फ ७ जनाको कोटामा २४ जनाले उम्मेदवारी दिएका थिए । जसमा सबै भन्दा धेरै ८०७ मत बन्नुलाल चौधरीले ल्याएका छन् । त्यस्तै उमेश पौडेल ७०२, रुपेश बजगाई ५९९, केशब बस्नेत ५७१, पेशल कुमार लम्साल ५६६, कल्याण बहादुर कार्की ५४८ र बालकृष्ण कार्कीले ५४८ मत ल्याएर जिल्ला सदस्यमा विजयी भएका छन् ।
यस्तै महिला तर्फ ३ जनाको कोटामा ४ जनाले उमेद्धारी दिएका थिए । जसमध्ये सबै भन्दा धेरै गंगा कुमारी गुरुङले १ हजार २८३ मत प्राप्त गरेकी छन् । यस्तै बिष्णु कुमारी नेपालले १ हजार २२१ मत र ठण्डमाया भण्डारीले १ हजार २५ मत ल्याएर विजयी भएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP