सङ्खुवासभाको सभा पोखरी गाउँपालिका– ३ मा करेन्ट लागेर ओभरसियरको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार शुक्रवार सभा पोखरी गाउँपालिका– ३ मा निर्माणाधीन स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसनको लाइन छुँदा करेन्ट लागेपछि जिल्ला अस्पताल खाँदवारि ल्याउने क्रममा ठाकुरको बाटोमै मृत्यु भएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP