दशरथ रङ्गशालामा गएर खेलहरू हेर्ने अब खोप कार्ड अनिवार्य

दिप खबर
पुस ३०, २०७८

शहीद स्मारक ए डिभिजन लिगका खेलहरू दशरथ रङ्गशालामा गएर हेर्ने दर्शकले अब खोप कार्ड देखाउनुपर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को लिग कमिटीले ए डिभिजन लिगका खेल हेर्ने दर्शकको लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको व्यक्ति हुनुपर्ने निर्णय गरेको हो । अब दर्शकले मैदान प्रवेश गर्नुअघि नै खोप कार्ड देखाउनु पर्नेछ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले रङ्गशाला लगायत भिडभाड हुने सार्वजनिक स्थलमा जाँदा खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरस सङ्क्रमण बढे पनि खेलकुद गतिविधि भने रोकिएको छैन । लिगको नवौँ चरण शुक्रवार देखि सुरु भएको छ । नवौँ चरणको पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा खेलिरहेका छन् । शुक्रवार दोस्रो खेल मनाङ मर्स्याङ्दी र सातदोबाटो यूथ क्लबबिच हुनेछ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP