कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टको जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाका मापदण्डहरू मास्क, स्यानिटाइजरको प्रयोग र भोैतिक दुरी कायमको अनिवार्य रूपमा पालना गर्नुपर्ने र माघ १ गते देखी सार्वजनिक सेवा कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला लगायतका स्थलमा प्रवेश गर्न कोभिड खोपको कार्ड अनिवार्य गरेको छ । मङ्गलवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टलाई मध्य नजर गर्दै सुनसरीमा १३ बुँदे आदेश जारी गरेको हो । बैठकको निर्णयअनुसार भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधि लगायत कार्यक्रमहरू गर्न पाइने छैन । २५ जना भन्दा बढी सहभागी नहुन आग्रह गरेको छ ।
यस्तै सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार र शिक्षा मन्त्रालयको निर्णय अनुसार गर्ने उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर लानुहुने गरी आदेश जारी गरेको छ । मुलुकमा पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टको सङ्क्रमण बढ्न थालेपछि उक्त आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
१३ बुँदे आदेश
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP