बागबागलुङमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव सञ्चालन भइरहेको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाए पनि जिल्लाका विभिन्न ठाउँहरूमा प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै हजारौँको भिडभाडमा महोत्सव सञ्चालन भइरहेको छ । प्रशासनले धार्मिक, सांस्कृतिक र नियमित रूपमा हुने गोष्ठी बैठक, तालिमहरू सञ्चालन गर्दा समेत २५ जना धेरै जम्मा नहुने गरी जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आदेश जारी गरेको छ ।
पुस २८ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने प्रशासनको निर्देशनको बेवास्ता गर्दै बागलुङका सामुदायिक तथा संस्थागत विद्यालयहरूले पठनपाठनलाई निरन्तर सञ्चालन गरी रहेका छन् । बागलुङको दक्षिण जैमिनीमा पनि भव्य महोत्सव जारी छ । गत २७ गतेबाट सुरु भएको दोस्रो जैमिनी महोत्सव माग ४ गते सकिने बताइएको छ । महोत्सवमा बागलुङलगायत अन्य जिल्लाबाट हजारौँ मान्छेहरूको आगमन भएको छ । जैमिनीका पनि सबै विद्यालय सञ्चालनमा छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP