जलपाइगुडी जिल्लास्थित मैनागुडी नजिकै बिहीबार साँझ रेल पल्टिँदा ९ जना यात्रुको मृत्यु भएको छ । त्यस्तै गन्तव्यमा हिँडेका दर्जनौँ यात्रुहरू घाइते भएका छन् । राति दुर्घटना भएको कारण यात्रीहरूको उद्धारमा समस्या भएको थियो, यात्रीहरूको उद्धार कार्य जारी रहेका भारतीय मिडियाले जनाएका छन् । धेरै यात्री रेलभित्रै च्यापिएकाले उद्धारमा कठिनाइ भइरहेको र मृतकको सङ्ख्या अझै बढ्ने अनुमान प्रहरीको छ । न्यु जलपाइगुडी (एनजेपी)बाट करिब ५ बजे असमको गुवाहाटीका लागि छुटेको बिकेनार एक्सप्रेस नामक रेल करिब ४२ किलोमिटर यात्रा तय गर्ने बित्तिकै लिकबाट बाहिरिएर अनियन्त्रित भई पल्टिएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दे भारतीय मिडियाले जनाएको छ ।
पाँच वटा डिब्बा पल्टिएको थियो । दुर्घटनामा १२ वटा डिब्बा क्षतिग्रस्त भएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । रेलमा करिब एक हजार यात्रु यात्रारत रहेको रेलवे प्रबन्धक दिलीप कुमार सिंहले जानकारी दिए । उनका अनुसार कोभिडका कारण रेलमा यात्रीको सङ्ख्या घट्दो थियो । पूर्ण क्षमताअनुसार यात्रु थिए भने अझै ठुलो मानवीय क्षति हुने दिलीप कुमार सिंहले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP