“छिमेकी मुलुकहरूसँग शान्तिपूर्ण सम्बन्धको बाटो अँगाल्ने, आगामी सय वर्षसम्म भारतसँग दुस्मनी चाहँदैनौँ” :पाकिस्तान

दिप खबर
पुस ३०, २०७८

पाकिस्तानले भारतलगायत अन्य छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो अँगाल्ने भएको छ । पाकिस्तानले शुक्रवार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ । करिब १ सय पेजको राष्ट्रिय सुरक्षा नीतिले लामो समयदेखिको विवादित भूभाग कश्मीरका बारेमा पनि दीर्घकालीन समाधानको बाटो खोज्ने बताइएको छ ।

पाकिस्तानले नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत विदेश नीतिमा भारतलगायतका छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो लिने उल्लेख गरेको हो । पाकिस्तानले पहिलो पटक राष्ट्रिय सुरक्षासम्बन्धी दृष्टिकोण र निर्देशनसमेत समेटेर ५ वर्षीय नीति सार्वजनिक गर्न थालेको हो । पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरे अनुसार “हामी आगामी सय वर्षसम्म भारतसँग दुस्मनी चाहँदैनौँ । नयाँ नीतिले भारत र अन्य छिमेकीसँग शान्तिपूर्ण सम्बन्धको बाटो खोज्छ ।”

त्यस्तै भारतसँग वार्ता भएमा दुई देशबिचको व्यापारिक सम्बन्ध पनि सामान्य रूपमा सञ्चालन हुने आशा गरिएको छ । भारत सरकारले जम्मू–कश्मीरलाई प्राप्त विशेष दर्जाको मान्यता खोसेपछि पाकिस्तान झन् रुष्ट बनेको थियो । गत फेब्रुअरीमा युद्ध विराम गरिएको भनिए पनि सीमामा दुवै तर्फबाट बेला–बेला गोलाबारी हुने गरेको छ ।

मङ्गलवार पाकिस्तानी अधिकारीहरूले नयाँ सुरक्षा नीतिका बारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए । मुलुकको राष्ट्रिय सुरक्षा समिति र मन्त्रिपरिषद्बाट अनुमोदित उक्त नीति शुक्रवार प्रधानमन्त्री इमरान खानले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP