युएनका अनुसार ८७ लाख अफगानी नागरिक भोकमरीको स्थितिमा

दिप खबर
पुस ३०, २०७८

संयुक्त राष्ट्रले लाखौँ अफगान नागरिक मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ । युएनका अनुसार ८७ लाख अफगानी नागरिक भोकमरीको स्थितिमा छन् । यस्तो अवस्थामा अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति छिट्टै नै जारी गर्नुपर्ने संयुक्त राष्ट्रको ठहर छ । संयुक्त राष्ट्रले अफगानिस्तानको अर्थव्यवस्था धरासयी हुनबाट रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग पाँच अर्ब डलरको मानवीय मद्दत सहायता दिन, अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति जारी गर्न र उनीहरूको बैङ्किङ सिस्टम सुरु गर्न अपिल गरेको छ ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले मिडियासँगको कुराकानीमा फ्रिज गरिएको रकम अफगानिस्तानका जनताका लागि घातक भएको बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP