विराटनगर नोबेल मेडिकल कलेजका विद्यार्थीले कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । कलेजले चर्को शुल्क लिएपछि एमबिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै बिहीबार विद्यार्थीले पुत्ला दहन गरेका हुन ।
विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताएका छन् । एमबिबिएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी सङ्गठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा राजमार्ग अवरोध गरेका थिए । साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP