शुक्रवार बिहानै धनकुटा, सिराहा र झापामा सवारी दुर्घटना परी ४ जनाको मृत्यु

दिप खबर
पुस ३०, २०७८

धनकुटाको धनकुटा नगरपालिका-२ नागढुंगामा शुक्रवार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक प्युठानको माण्डबी गाउँपालिका-१ का २७ वर्षीय भुवन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका-३ का २१ वर्षीय नवीन विश्वकर्माको रहेका प्रहरीले जनाएको छ । धनकुटाबाट तेह्रथुमको वसन्तपुर जाँदै गरेको बागमती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सिराहाको गोलबजार नगरपालिका-४ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार-६ का ४२ वर्षीय कृष्णवीर यादव रहेका छन् । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ ।

यस्तै‚ झापाको भद्रपुर नगरपालिका-४ बरगाछीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७७ वर्षीय जगतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । तीन जना सवार मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP