नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिबेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घष पछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।
भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टी भित्र आफुँलाई प्रभावशाली ठान्ने इटहरी उपमहानगरपालिका प्रमुख चौधरीको यो हार लज्जास्पद भएको छ ।
यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् ।यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ ।
विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ ।
जम्मा मतदाता ः१८०५
अध्यक्ष
रेवती भण्डारी – ९२०
खेमराज पोख्रेल – ७७५
द्वारिक लाल चौधरी ८०
उपाध्यक्ष
नन्दकुमार बस्नेत ७००
निलम खनाल – १०११
उपसचिव
अन्जनीकुमार पोख्रेल – ४९७
अर्जुन गहतराज – २२९
पदमप्रशाद लिम्बु – ५२५
योग्यराज खड्का – ५६३
लहरुमाया जिमी – २४९
लोकेश निरौला – ४८४
राम कोइराला – ८२१
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP