दार्चुलामा प्रहरीहरूबिच नै प्रहरी चौकीमा नै झडप भएको छ । बुधवार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबिच झडप भएको हो । चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले पुष्टि छन् । उनका अनुसार सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रूप लिएपछि झडप भएको हो । मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरूबिच झडप भएको हो । झडपमा प्रहरी हवलदार मदनसिंह धामी घाइते भएको प्रहरीले बताएका छन् । झडपमा संलग्न सुरक्षाकर्मीहरूलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP