मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

दिप खबर
पुस २९, २०७८

मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

सुनसरीको कोसी गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकामा भएको दुर्घटनामा परी २ जना पुरुषको मृत्यु भएको हो ।सुनसरीको कोसी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर स्थानीय ४० वर्षीय कुमार उरावको मृत्यु भएको हो ।  बुधवार साँझ करिब ६ बजे ट्याक्टरमा उखु भर्ने क्रममा ट्रली पल्टिएर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

त्यस्तै, उर्लाबारी नगरपालिका–७ मा राति करिब ८ बजे को १ च ३६४४ नम्बरको भ्यान र ना १३ प ७६३२ नम्बरको मोटरसाइकल  एक आपसमा जुध्दा मोटरसाइकल चालक २१ वर्षीय पवन लिम्बू गम्भीर घाइते भएका थिए । उनको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP