धादिङमा बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटरसहित ३ जना पुरिए !

दिप खबर
पुस २९, २०७८

धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटरसहित ३ जना पुरिएका छन् । रुबी भ्याली गाउँपालिका-१ पुरुमा बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक, सहयोगी र १ जना स्थानीय बेपत्ता रहेको गाउँपालिकाकी उपाध्यक्ष विना लामाले जानकारी दिएकी छिन । घटनास्थलमा पुग्न समय लाग्ने भएकाले विस्तृत जानकारी आई नसकेको उनले बताइन । अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीय टोली गइरहेको पनि उपाध्यक्ष लामाले जानकारी दिएकी छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP