नेपालमा चाहे अनुसारको रोजगारी नपाएका नेपाली नर्सले बेलायतमा रोजगारी पाउने भएका छन् । बेलायत सरकारले तत्कालै दुई हजार नेपाली नर्सलाई आफ्नो देशमा रोजगारी दिने तयारी अघि बढाएको छ । श्रम मन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार बेलायत सरकारले नेपालबाट १० हजार नर्सको माग गरेको छ । तर, पहिलो चरणमा दुई हजार नर्सलाई मात्रै बेलायत पठाउने तयारी सरकारले अघि बढाएको हो । नेपाली नर्सलाई बेलायत लैजानेसम्बन्धी सम्झौता आउने शुक्रवार हुँदै छ । बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबिच तत्कालको लागि दुई हजार नेपाली नर्सलाई बेलायत लैजाने सम्झौता हुन लागेको हो ।
रोजगारीका लागि बेलायत जाने नर्स अङ्ग्रेजी भाषामा निपुण हुनुपर्ने सर्त बेलायतले राखेको छ । रोजगारीका लागि बेलायत जाने नर्सको भाषा परीक्षा, स्वास्थ्य परीक्षण, भिसा, टिकट, बिमालगायत सबै खर्च बेलायत सरकारले बेहोर्ने बताइएको छ । मन्त्री श्रेष्ठका अनुसार त्यसरी बेलायत जाने नेपाली नर्सको मासिक आम्दानी पाँच लाख रुपैयाँसम्म हुने जानकारी बेलायती अधिकारीहरूले दिएका छन् । भोलि, शुक्रवार दुई देश बिच सम्झौता हुन लागेको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP