महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका हुन् । ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको उनीहरूको भनाई रहेको छ । मेसिनमा नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकोले गर्दो बैङ्कमा लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुने उमेशराज जोशी बताउँछन् ।
महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लङ्घनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैङ्कमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ वटा बैङ्कको मोबाइल बैङ्किङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा ल्याएका छन् ।महामारीको समयमा लामो समय बैङ्कको लाइनमा बस्न नपर्ने हुँदा यसले कोरोना सङ्क्रमण जोखिम पनि कम हुने एसपी सञ्जीव सर्मा दासले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP