चौरपाटी गाउँपालिका–४ पायलकी एक महिलाको धान मिलमा सल बेरिएर मृत्यु भएको छ । मृत्यु हुने ५१ बर्सिया सुन्तला बोहरा रहेकी छिन् । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा धान कुट्ने क्रममा सल बेरिएर घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान् शंकरमान बोहराले जानकारी दिए । मृतक बोहराको शरीर दुई भाग भएको स्थानी प्रहरीले जानकारी दिएका छन् । घटना बारे थप अनुसन्धान भइराखेको प्रहरीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP