हालसम्ममा नेपालभर ४९ लाख ४८ हजार २३७ जनाको पिसिआर विधि र ८ लाख ६५ हजार २२८ जनाको एन्टीजेन विधि प्रयोग गरी कुल ५८ लाख १३ हजार ४६५ जनाको नमुना परीक्षण गरिसकेको छ । नमुना परीक्षण गरेमध्ये हालसम्ममा जम्मा ९ लाख ३३ हजार ८९४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कुल सङ्क्रमित मध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमण मुक्त भई घर फर्किएका र ९ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेका छन्, भने ज्यान गुमाउनेको सङ्ख्या हालसम्म ११ हजार ६०७ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार निको हुनेको दर भने ९७.५ प्रतिशत रहेको देखिएको छ ।
नेपालमा कुल ३ करोड ९२ लाख ३ हजार ९२९ खोप मात्रा प्राप्त भएको छ । खोप अभियान सुरु भए देखि अहिले सम्म कुल २ करोड ६५ लाख ८५ हजार ६६७ मात्रा खोप लगाइएको छ । कम्तीमा एक मात्रा लगाउनेको सङ्ख्या १ करोड ५२ लाख ४९ हजार १२९ रहेको छ, भने १ करोड १३ लाख ३६ हजार ५३८ जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर सङ्क्रमणको दर बढ्दै गएपछि सरकारले देशभरका विद्यालयहरू माघ १५ गते सम्म बन्द गरेको छ भने २५ जना बढी मानिसहरू भेला भई कुनै पनि भेला, गोष्ठी, सभा आदि गर्न रोक लगाएको छ । सङ्क्रमण दर मध्यनजर गर्दै १२ देखी १७ वर्ष उमेरका बिध्याथीहरु लाई पनि स्वास्थ्यका मापदण्ड अपनाएर खोप लगाउन सुरु गरेको छ । यही माघ ७ गते देखि सार्वजनिक सेवा लिनको लागि पनि सरकार द्धारा खोप कार्ड अनिवार्य गराएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP