तरकारीको क्रेटमा लुकाई ल्याएको अवस्थामा १ सय ८३ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ बस्ने वर्ष ३० का रामचन्द्र सिन्तान रहेका छन् । सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौँडातर्फ आउँदै गरेको प्र–३–०१–००२२ च ३५५६ नम्बर पिकअप भ्यान मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोस्टमा चेक गर्दा तरकारीको क्रेटमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोली र प्रहरी चौकी भैँसे मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी चेक गर्ने क्रममा पिकअपमा लुकाइल्याएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन् । सिन्तानमाथि आवश्यक थप अनुसन्धान अघि बढाइएको सापकोटाले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP