मोरङमा ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी ७ का निश्चल बानियाँ रहेका छन् । । बुधवार बिहान करिब ५ः ३० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट नेपाल दर्शन कलेज गइरहेका बालीयाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । ठक्करबाट २१ वर्षीय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बानियाँको शवलाई पोस्टमार्टमका लागि मदन भण्डारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP